images
images

लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ


  • 506
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

    काठमाडौं ।  लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

    झापा पोखरा र मोरङ गरी तिन ठाँउबाट अबैध लागूऔषध ब्राउन सुगर ओसारपसार गर्ने ५ जना लाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

    बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका(१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । को।२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
     
    मोरङ, सुनवर्षी नगरपालिका– ८ विश्वकर्मा कल्बटस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार ४ सय ट्याबलेट  र नाइट्राभेट  १३ ट्याबलेट सहित सुनवर्षी नगरपालिका–३ अमरदह बस्ने २३ वर्षीय मनोज रायलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । को।२६ प ४३८१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक रायलाई पक्राउ गरेको हो । 
     
    कास्की, पोखरा महागनरपालिका–६ हल्लनचोक बस्ने २३ वर्षीय प्रशान्त परियार र सोही महानगरपालिका(१ सिमपानी बस्ने २० वर्षीय अश्विन गुरुङलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
      


    images
    images

    Logo