images
images

प्रधानमन्त्री प्रचण्डसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको–कहाँ–कति छ सम्पत्ति ?


  • 517
    SHARES
  • २०८१ जेठ ८ गते मंगलबार

    प्रधानमन्त्री प्रचण्डसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको–कहाँ–कति छ सम्पत्ति ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ ।

    त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । साथै प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। उनीसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ ।

    भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ। तर सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानूनी बाध्यता भने छैन। हालै बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री ‘प्रचण्डले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    अरु मन्त्रीहरुको कति छ सम्पत्ति ?

    मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरी मंगलबार मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखेको छ । 


    images
    images

    Logo