images
images

१० महिनामा नेपाल भित्रिए साढे ८ हजार विद्युतीय गाडी


  • 505
    SHARES
  • २०८१ जेठ ७ गते सोमबार

    १० महिनामा नेपाल भित्रिए साढे ८ हजार विद्युतीय गाडी

    काठमाडौं । आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) मा झण्डै साढे ८ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार चालु आर्थिक बर्षको बैशाखसम्ममा  २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४ सय ९७ विद्युतीय कार, जिप, भ्यान आदि गाडी नेपाल भित्रिएका हुन् । 

    यसरी आयात गरिएका गाडीहरुबाट नेपालले यस अवधिमा ९ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ । यसरी आयात भएका गाडीमध्ये ५० किलोवाटसम्म क्षमता भएका ३ हजार ४ सय ७२ गाडी आयात भएका छ । 

    यस्तै १३ अर्ब ८७ करोड रुपैयाँ बराबरका ४ हजार ८ सय ९६ ओटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय गाडी यसै अवधिमा भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा कम २ सय १ देखि ३०० किलोवाट क्षमताका जम्मा २४ विद्युतीय गाडी आयात भएको देखिन्छ ।

    यी २४ गाडीको मात्रै भन्सार मूल्य १७ करोड ६८ लाख रुपैयाँ खर्च भएको हो । यस्तै यसै अवधिमा १०१ देखि २०० किलोवाट क्षमताका १ सय ५ विद्युतीय गाडी आयात भएका छन् । यसमार्फत नेपालबाट ५१ करोड २४ लाख रुपेयाँ बाहिरिएको छ ।

     


    images
    images

    Logo