काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी मर्नेको संङख्या १८ जना पुगेको छ । विभिन्न ठाउँमा सडक दुर्घटना लगायत अन्य दुर्घटनामा परी मर्नेको संङख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
नवलपरासी (पूर्व) । गैडाकोट नगरपालिका–१० स्मृती पुलस्थित सडकमा सुदूरपश्चिम प्रदेश(०२(००१ ख ११२३ नम्बरको बस र ना।६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बस करिब १० फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार र दुवै चालक सहित २४ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लगायतबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन पठाएको छ ।
चितवन । भरतपुर महानगरपालिका(३ लाईन्स चोकस्थित सडकमा ना।८ ख ६२४९ नम्बरको ट्रकले ना।३९ प २०९३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका(१० बस्ने ३१ वर्षीय यदुराज पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका(८ कलकत्तास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका(१० बस्ने २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर ३ जनाको मृत्यु
सिन्धुली, दुधौली नगरपालिका–३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने दिल बहादुर माझीको छोरा ११ वर्षीय एलिस माझीको सोमबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्न गएको अवस्थामा उक्त खोलामा डुबेर एलिसको मृत्यु भएको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका–६ भिल्मी बस्ने ५६ वर्षीया सुरमती पासीको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै सार्वजनिक पोखरीको डिलमा घाँस काट्ने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका–८ न्यौपाने चोक बस्ने महाविर मण्डलको छोरा ४ वर्षीय आयुस मण्डलको डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा नालामा डुबेर अशक्त भएका उनको धरान घोपा अस्पतालामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
चितवन । भरतपुर महानगरपालिका(१० बस्ने भारत बिहार घर भएका ४१ वर्षीय रमेश सहनीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही महानगरपालिका(७ कृष्णपुरस्थित युबराज ढकालको घरमा ढलालको काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घइते भएका उनको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बसमा ढुङगा खसेर लाग्दा १ जनाको मृत्यु
बैतडी । पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुङगा खसेर लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका(५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
ढुंङगा खसेर लाग्दा अन्य ३ जना समेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले घाइतेहरुको उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाउनुका साथै आवश्यक उद्रार कार्य गरिरहेको छ ।
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर मृत्यु
नवलपरासी पूर्व गैडाकोट नगरपालिका– ६ टोलटोले बस्ने २२ वर्षीय सन्त सुनारको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने सागर गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा ७ जना फेला
कैलाली । गौरीगंगा नगरपालिका–५ अण्डैया बस्ने ३५ वर्षीय हर्क पुरी सोही नगरपालिका(८ बडैपुरस्थित सडकको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलाली, जानकी गाउँपालिका–५ पथरैया बस्ने ७० वर्षीय भक्त बहादुर भुल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका(२ फुलबारी गेट नजिक सोही उपमहानगरपालिका(१३ जितगढी बस्ने ४४ वर्षीया टिका थापा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सिरहा, लहान नगरपालिका(३ प्रगती टोल डेरा गरी बस्ने उदयपुर जोगिदह घर भएकी १९ वर्षीया करिस्मा चौधरी आफ्नै कोठामा सोमबार राति मृत अवस्थामा फेला परेकी छन् ।
उदयपुर, बेलाका नगरपालिका(६ सिसुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–११ स्थित भुजेला महाकाली नहरको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका–१० वलि टोलस्थित महाकाली नदीको बगरमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



