images
images

लमजुङमा पाँचवर्षमा १३१ बालबालिका बेपत्ता 


  • 338
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    लमजुङमा पाँचवर्षमा १३१ बालबालिका बेपत्ता 

    लमजुङ । लमजुङमा पाँचवर्षमा १३१ बालबालिका बेपत्ता भएका छन् । 

    आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका हुन् । 

    तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

    कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताउनुभयो ।  गतएक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये ३ बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । 

    सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।


    images
    images

    Logo