images
images

मादक पदार्थ सेवन गरी हत्या गरेको आरोपमा २ जना पक्राउ


  • 505
    SHARES
  • २०७८ भाद्र २८ गते सोमबार

    मादक पदार्थ सेवन गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

    गुल्मी । प्रहरीले मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउलाई गरेको छ । 

    चन्द्रकोट गाउँपालिका७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । 

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका(३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

    साथै प्रहरीले घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    images
    images

    Logo