images
images

कर्तव्य ज्यान मुद्दाका फरार २ प्रतिवादी पक्राउ 


  • 376
    SHARES
  • २०७८ भाद्र २८ गते सोमबार

    कर्तव्य ज्यान मुद्दाका फरार २ प्रतिवादी पक्राउ 

    पर्वत । कर्तव्य ज्यान मुद्दाका फरार २ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  मोदी गाउँपालिका–८ चित्रे बस्ने २५ वर्षीय रबिन सुनार र सोही ठाउँ बस्ने २६ वर्षीय दल बहादुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला अदालत पर्वतको २०७७ चैत १० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरुलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

     


    images
    images

    Logo