काठमाडौं । अवैध लागूऔषध ओसारपसार र ठगीको आरोपमा ५ जना पक्राउ परेका छन् । लागूऔषध ब्राउनसुगर सहित विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
झापा । भद्रपुर नगरपालिका(८ बस्ने २२ वर्षीय सुमन तामाङलाई १५ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(१७ बाट करिब १२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका(१३ वडैपुर बस्ने ३५ वर्षीय पदम सिंह कठायतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ
कास्की । विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका(२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका(४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचानको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक लाभ, विश्वासघात मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्रोत नखुलेको रकम सहित पक्राउ
पर्सा । वीरगंज महानगरपालिका(२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका(१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना।२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका (४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्यूोज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स विभिन्न साईजमा १०० प्रति ग्लोभ्स भएको प्रति बाकस ३ सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूना समेत देखाई विश्वास दिलाए पश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।
उक्त नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहिन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।
ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ल्याउँदै गरेको औषधि सहित पक्राउ
पर्सा । वीरगंज महानगरपालिका(१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना।३ ख १३३५ नम्बरको ट्रकबाट ल्याउँदै गरेको करिब १३ लाख ४८ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको पोलिबायो २ सय ५० एमएल लेखिएको सिरप औषधि ७ सय ८६ कार्टुन सहित सोही महानगरपालिका(२ बस्ने ३० वर्षीय सरोज मियाँलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपश्चात उक्त ट्रक, औषधि र चालक मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
मियाँलाई बरामद औषधि सहित आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



