images
images

विपद्का लागि काभ्रेमा आपत्कालिन गोदाम घर


  • 376
    SHARES
  • २०७८ भाद्र २८ गते सोमबार

    विपद्का लागि काभ्रेमा आपत्कालिन गोदाम घर

    काभ्रेपलाञ्चोक । विपद्का घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्का समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

    प्रदेश सरकारको  ३१ लाख ४२ हजार रुपैयाँको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । “उक्त घरमा विपत्मा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राख्नेछौँ, यो व्यवस्थापनले पीडितलाई निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । 

    नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्तघरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ । 

    उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ । उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपत्का घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ । खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उनले बताए 


    images
    images

    Logo