images
images

स्वास्थ्य मन्त्रालय : बिपी प्रतिष्ठानका उपकुलपति प्रध्यापक होइनन्, कारवाही शुरु भइसक्यो


  • 421
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    स्वास्थ्य मन्त्रालय : बिपी प्रतिष्ठानका उपकुलपति प्रध्यापक होइनन्, कारवाही शुरु भइसक्यो

    काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्रध्यापक नभएको खुलेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै गिरी प्रध्यापक नभएको जनाएको हो । 

    प्रतिष्ठानमा भदौ २० गतेदेखि विभिन्न माग राखेर चिकित्सकहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलनरत पक्षले उपकुलपति प्रध्यापक नरहेको र उनलाई कारवाही गर्नुपर्छ भन्ने माग पनि राखेका थिए । उक्त मागलाई सम्बोधन गर्दै मन्त्रालयले उपकुलपति प्रध्यापक रहेको भन्ने प्रमाण नभेटीएकोले कानुन बमोजिम कारवाही प्रक्रिया शुरु भइसकेको जनाएको छ । 

    आन्दोलनरत पक्षले गरेको इमर्जेन्सी, कोभिड र पुर्वनिर्धारित परीक्षाबाहेकका सेवामा अवरुद्ध गरेकोमा उक्त कार्यलाई रोक्न मन्त्रालयले आग्रह गरेको छ । 

    bh.jpg


    images
    images

    Logo