काठमाडौँ । प्रहरीले संखुवासभामा भएको हत्याकाण्डको आरोपी सार्वजनिक गरेकाे छ । प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मेलन गर्दै आरोपीतलाई सार्वजनिक गरेको हो ।
सोमबार संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामुहीक हत्या भएको थियो । मादीका तेजबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी, १० बर्षिय नाति र ५ बर्षीया नातिनीको हत्या भएको थियो ।
घटनास्थलको अनुसन्धानको आधारमा प्रहरीले उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । लोकबहादुरले सोधपुछको क्रममा हत्या गरेको स्वीकार गरेपछि सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।