images
images

आगलागीमा परि तीन जना घाइते


  • 330
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    आगलागीमा परि तीन जना घाइते

    झापा । झपामा आगलागीमा परि तीन जना घाइते भएका छन् । 

    खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका हन् । 

    इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । 

    आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताउनुभयो । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ । 

    बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo