images
images

भक्तपुरमा खुल्यो सस्तो रेष्टुरेन्ट : सादा खाना ७० रुपैयाँमै, चिकेन खानाको १०० रुपैयाँ


  • 16.0K
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    भक्तपुरमा खुल्यो सस्तो रेष्टुरेन्ट : सादा खाना ७० रुपैयाँमै, चिकेन खानाको १०० रुपैयाँ

    भक्तपुर । स्वास्थ्यवर्द्धक, ताजा, गुणस्तरीय र सर्वसुलभ मूल्यमा खानाका विभिन्न परिकार उपलब्ध गर्ने उद्देश्यसहित भक्तपुरको झौखेलमा हातांसिक खाजा घर एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको छ ।

    भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-२ अन्तर्गत झौखेल पिपलबोट आदर्श आजाद स्कुल नजिक खाजा घर एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको हो । स्थानीय केदार लाखाजु सहितका व्यवसायीले हातांसिक खाजा घर एण्ड सेकुवा कर्नर सञ्चालन गरेका हुन् ।

    करिब ७ रोपनी क्षेत्रफल रहेको जग्गामा सञ्चालित हातांसिक खाजा घर एण्ड सेकुवा कर्नरमा सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थ खाजा र खाना उपलब्ध हुने सञ्चालक लाखाजुले बताए ।

    २५ लाख रुपैयाँ हाराहारीको लगानी गरिएको  खाजा घर एण्ड सेकुवा कर्नरमा भेज खाना ७० मा चिकेन खाना १ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

    restaurant.jpg

    माछा, कुखुरा, खसी र शाकाहारी खानाहरु आफ्नै बारीमा उत्पादन गरिने हुँदा ग्राहकले सस्तो मुल्यमा ताजा, स्वस्थ र स्वादिलो भोजन खाना पाउने सञ्चालक लाखाजुको भनाइ छ । 

    सेकुवा कर्नरमा मःम, चाउमिन, थुक्पा, सेकुवा, खाजासेट, खाना, चिया, कफी र चिसो पेय पदार्थ लगायत खाजा, खाना र सेकुवाका विभिन्न परिकारहरु उपलब्ध हुनेछन् । शनिबार खाजा घर एण्ड सेकुवा कर्नरको एक समारोहबीच कांग्रेस नेतृ एवं सामाजिक अभियन्ता सरु बाँनियाले उद्घाटन गरिन् ।

    उनले खाजा घर एण्ड सेकुवा कर्नरले ग्राहकलाई सस्तो मुल्यमा ताजा, स्वस्थ र स्वादिलो भोजन उपलब्ध गराउनुका साथै स्थानीयलाई रोजगारीको अवसर समेत दिलाउने विश्वास व्यक्त समेत गरिन् ।


    images
    images

    Logo