images
images

तीन सामुहिक बलात्कारी पक्राउ


  • 409
    SHARES
  • २०७८ भाद्र २६ गते शनिबार

    तीन सामुहिक बलात्कारी पक्राउ

    दाङ । प्रहरीले सामुहिक बलात्कार गर्ने तिन जनालाई पक्राउ गरेको छ ।

    दाङमा एक १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पीडित युवतीले दिएको जाहेरीको आधारमा बंगलाचुली गाउँपालिका वडानम्बर ७ बिर्खेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।किशोरीलाई तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर फर्किदा बिहान ३/४ बजेको समयमा घर जाँदै गरेको बेला सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    पक्राउ पर्नेमा बंगलाचुली ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

     


    images
    images

    Logo