images
images

रहेनन् राखेपका का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणा 


  • 383
    SHARES
  • २०७८ भाद्र २६ गते शनिबार

    रहेनन् राखेपका का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणा 

    काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणा को गएराती धिन भएको छ । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापका बिरामी थिए । 

    गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको हो 

    राखेपको दुईपटक सदस्यसचिवको भूमिका निर्वाह गरेका उनी पहिलोपटक वि।सं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक वि।सं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए। राणा वि।सं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए। 

    राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघको समेत अध्यक्ष रहेका थिए। नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा उनी कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत भएका थिए।

    एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

    उनको आज शनिबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

     

     

     

     

     


    images
    images

    Logo