images
images

आफन्तकै संलग्नतामा हत्या गरेको प्रहरीको निष्कर्ष 


  • 485
    SHARES
  • २०७८ भाद्र २६ गते शनिबार

    आफन्तकै संलग्नतामा हत्या गरेको प्रहरीको निष्कर्ष 

    संखुवासभा । आफन्तकै संलग्नतामा हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।  

    संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको निर्मम हत्या भएको थियाे ।

    आईतबार राती मादी नगरपालिका–१, खोलागाउँका तेजबहादुर कार्कीको परिवारको हत्या भएको थियो । 
    कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएको थियो ।

    संकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर गरिएको अनुसन्धानबाट हत्यामा संलग्न पत्ता लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जनाएको हो । सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् 

    सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वती कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिएका थिए ।

    अनुसन्धानको क्रममा मृतकका आफन्त नै हत्यामा संलग्न रहेको पाईएको डिस्पी सुवेदीले जानकारी दिए । 

     


    images
    images

    Logo