काठमाडौँ । सरकारले चालु खर्चतर्फको बैठक भत्ता, ईन्धन, मर्मत कर्मचारी खर्च कटौति गरेको छ । शुक्रबार संसदमा प्रस्तुत भएको बजेटले उक्त खर्चहरु १० प्रतिशत कटौति हुने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेटले सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन, भ्रमण लगायतका शिर्षकमा १० प्रतिशत खर्च कटौति भएको हो ।
यो खर्च कटाएर बचत हुने ५ अर्ब रुपैँया कोभिड –१९ को खोप किन्न खर्च गर्ने शर्माले जनाएका छन् ।