images
images

बजेटको आकार १५ खर्बमा झारिने, ओलीका दर्जनौं कार्यक्रममाथि कैँची


  • 656
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    बजेटको आकार १५ खर्बमा झारिने, ओलीका दर्जनौं कार्यक्रममाथि कैँची

    काठमाडौं । सरकारले पूर्ववर्ती सरकारले ल्याएका विभिन्न कार्यक्रमलाई हटाउनेगरी बजेटको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । अघिल्लो सरकारले ल्याएका झन्डै ४ खर्ब रुपैयाँको बजेट कटौती गरेर झन्डै साढे २ खर्ब रुपैयाँ बरारका नयाँ कार्यक्रम समेट्ने गरी अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयक तयार पारेको हो । यसो हुँदा बजेटको आकार समेत घटेर आउनेछ । 

    अघिल्लो सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर बजेटको आकार ठूलो भएको निष्कर्षसहित अर्थमन्त्री जनार्दन शर्माले १५ खर्ब रुपैयाँको हाराहारीमा मात्रै बजेट निर्माण गरेका छन् । स्रोतको सुनिश्चितता नभएका र पूर्वतयारी नसकिएका कतिपय आयोजनामा पठाइएको बजेट हटाउने अर्थ मन्त्रालयको तयारी छ । 

    खासगरी ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रतिस्थापन विधेयकले ब्यापक रुपमा संशोधन गर्ने तयारी गरिएको छ । १०० दिनको रोजगारी सुनिश्चितताको लागि भन्दै ल्याइएको कार्यक्रमको दुरुपयोग भएको भन्दै यसमा परिमार्जन गर्नुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको हो । 


    images
    images

    Logo