images
images

अफगानिस्तानबाट उद्दार गरिएका ११ नेपाली भारतीय क्वारेन्टिनमा


  • 292
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    अफगानिस्तानबाट उद्दार गरिएका ११ नेपाली भारतीय क्वारेन्टिनमा

    काठमाडौँ । अफगानिस्ताबाट उद्दार गरिएका नेपाली भारतीय क्वारेन्टिनमा बसेका छन् । राजधानी काबुलबाट उद्दार भएका ११ नेपाली दुई साता अनिवार्य क्वारेन्टिनमा बसेका हुन् ।  

    सँगै उद्दार भएका २४ जना भारतीयसँगै उनीहरु नयाँ दिल्लीको भारत–तिब्बत सिमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा बसेका हुन् ।

    उनिहरुलाई दुई साताअघि भारत सरकारले अफगानिस्तानबाट उद्दार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।कोभिड परिक्षणपछि यही २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परिक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटि आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो । 

    केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा वंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् । 


    images
    images

    Logo