images
images

प्रधानसेनापति शर्माले लिए पद तथा गोपनीयताको शपथ


  • 376
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    प्रधानसेनापति शर्माले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिको रुपमा प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । विहीबार राष्ट्रिपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शर्माले शपथ लिएका हुन् । 

    कार्यक्रममा राष्ट्रपति भण्डारीले शर्मालाइ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।  यससँगै शर्माले आजैबाट तीनवर्षे कार्यकालको नेतृत्व सम्हाल्नेछन् । 

    समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भएका थिए ।  

    शर्मालाई सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले  भदौ ११ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।  

    नवनियुक्त प्रधानसेनापति शर्माको सम्मानमा  सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदबहाली, रथीवृन्दलाई  सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल  र छाउनी पुगेर  वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।


    images
    images

    Logo