काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेकाहरुको सरुवा गरेको हो ।
यसरी उपसचिव सरुवा हुनेमा भुपेन्द्र पाण्डेय, तुल्सी राम अर्याल, मान बहादुर खड्का अच्युत राज रेग्मी, विनोद कुँवर, दिनेशराजपन्त, याम नारायण गौली, गणेश सिंह ऐरी रहेका छन् ।

त्यस्तै, शाखा अधिकृत सरुवा हुनेमा दान बहादुर ऐडी, तेजिन्द्र गौतम, कमलदेव यादव, राजेश कुमार यादव, डिनायट घर्ती, प्रसन्नदीप राई, टेक बहादुर बुढा थापा, विनोद कुमार भण्डारी, गौरीशंकर कुमार सिह, हरिप्रसाद पौडेल र मेघनाथ सापकोटा रहेका छन् ।
