काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सृुमार काठमाडौँ आइपुगेकि छिन् । नेपालमा एमसीसी परियोजनाको प्रगति बुझ्न सुमार कतार हुँदै विहीबार काठमाडौँ आइपुगेकि हुन् ।
चारदिने भ्रमणको लागि आएकि सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री , अर्थमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपालमा एमसीसी परियोजनालाई लिएर विवाद चलिरहेको बेला भएको सुमारको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।