images
images

बैंकहरुमा निक्षेपमा चरम अभावको संकेत : रााष्ट्रिय वाणिज्यले गर्यो निक्षेपमा ७.७५ प्रतिशत ब्याज अफर


  • 848
    SHARES
  • २०७८ भाद्र २३ गते बुधबार

    बैंकहरुमा निक्षेपमा चरम अभावको संकेत : रााष्ट्रिय वाणिज्यले गर्यो निक्षेपमा ७.७५ प्रतिशत ब्याज अफर

    काठमाडौं । सबैभन्दा कम ब्याज दिने बैंकको रुपमा कहलिएको राष्टिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएर मुद्दती खातमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिनसक्ने सूचना प्रकाशन गरेको हो । बैंक बचत खातामा ५ प्रतिशतसम्म ब्याज दिनसक्ने जनाएको छ । 

    बैंकहरुले प्रकाशित गर्ने सूचनामा बैंकको शाखा प्रबन्धकले ०.५० प्रतिशतसम्म ब्याजदर थप गर्नसक्ने प्रावधान छ । यस अनुसार वाणिज्य बैंकमा पैसा राख्दा नै ८.२५ प्रतिशतसम्म ब्याज पाइन्छ ।

    राष्ट्रिय वाणिज्य बैंकले नै यसरी ब्याजदर बढाउनुले बैंकहरुमा निक्षेपको संकट सुरु भइसकेको संकेत गर्छ । आगामी दिनमा यसले बैंकिङ ब्याजदरलाई निकै माथि पुर्याउने अनुमान विश्लेषकहरुको छ ।  


    images
    images

    Logo