काठमाडौ । चाडपर्वलाई लक्षित गरी देशभर सहुलियत पसल सञ्चालन हुने भएका छन् ।
असोज १ गते देखी कार्तिक २४ गते छठ सम्म देशका विभिन्न ३९ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइने भएका छन् ।
चामलमा प्रतिकेजी ५ रुपैयाँ सिमि फापरमा प्रतिकेजी १० रुपैयाँ छुट गरी बिक्री गरिने छ भने देशभर नुनमा २ रुपैयाँ चिनीमा प्रतिकेजी ५ रुपैयाँ , खसीबोका प्रतिकेजी १० रुपैयाँ र दुग्धजन्य पदार्थमा समेत छुट दिई सहुलियत पसल सञ्चालन हुने भएका छन् ।
साथै खाना पकाउने एल पी ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले निर्देशन दिएको छ ।
चाडपर्वको समयमा खरिद बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मुल्य गुणस्तर र तौलको विषयमा थप अनुगमन गर्ने उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले जनाएको छ ।




