images
images

सञ्चालनमा आयो मनकामना केबलकार स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने


  • 290
    SHARES
  • २०७८ भाद्र २३ गते बुधबार

    सञ्चालनमा आयो मनकामना केबलकार स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने

    मुग्लिन । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । 

    मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । आज बिहानबाट  केबलकार सञ्चालनमा आएको उनले जानकारी दिए  । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।  

    गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम  स्टेशन)  चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको  छ । 


    images
    images

    Logo