images
images

त्रिभुवन विश्वविद्यालयको औषत उत्तिर्ण दर ३० प्रतिशत मात्रै


  • 328
    SHARES
  • २०८१ बैशाख ९ गते आइतबार

    त्रिभुवन विश्वविद्यालयको औषत उत्तिर्ण दर ३० प्रतिशत मात्रै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को औसत उत्तीर्ण दर ३० प्रतिशत मात्रै देखिएको छ । त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले सार्वजनिक गरेका त्रिविको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोचपत्रमा त्यति मात्रै उत्तीर्ण दर रहेको देखाएको हो ।

    उक्त सोचपत्रमा त्रिविको समग्र उत्तीर्ण दर कम रहेको देखाएको छ । ‘त्रिविको समग्र उत्तीर्ण दर कम देखिन्छ, शैक्षिक वर्ष २०१३/१४ देखि २०२१/२२ सम्मको त्रिविको औसत उत्तीर्ण दर ३० प्रतिशतभन्दा बढी देखिँदैन,’सोचपत्रमा उल्लेख छ।

    यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको सोचपत्रमा उल्लेख छ । सोचपत्रले त्रिविको अध्ययन बीचैमा छोड्ने एकीकृत दर सम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि केही उपलब्ध तथ्याङ्कले यो दर पनि अस्वाभाविक रूपमा बढी रहेको देखाएको छ ।

    विश्वविद्यालयमा अनेक प्रकारका बाधा अड्चनले गर्दा समयमा परीक्षा लिन र परीक्षाफल प्रकाशन गर्न नसक्दा शैक्षिक कार्यक्रम पूरा गर्न विद्यार्थीहरूलाई तोकिएको समयभन्दा बढी लाग्ने गरेको पनि त्रिविले जनाएको छ । ‘यसले गर्दा पनि त्रिविले दिने उच्च शिक्षा राष्ट्र र अभिभावकलाई महँगो पर्न गएको छ,’सोचपत्रमा उल्लेख छ ।


    images
    images

    Logo