काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन् । शुक्रबार दिउँसो १:४५ बजे थाई एयरमार्फत् काठमाडौं आइपुगेकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो ।
सहिना पर्विनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए । उनका अनुसार सहिनाले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी हुन् ।