images
images

लैगिंक समानताका लागि नयाँ अभियान सुरु गर्दै महिला अधिकारकर्मी


  • 317
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    लैगिंक समानताका लागि नयाँ अभियान सुरु गर्दै महिला अधिकारकर्मी

    काठमाडौं । लैगिंक समानताका लागि महिला अधिकारकमीहरुले नयाँ अभियान सुरु गरेका छन् । महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले पुस्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनु पर्ने बताएका छन् ।

    बेइजिंग वियोण्ड कमिटिले आज गरेको पेरिस र मेक्सिको फोरमको बारेमा सिकाई आदान प्रदान कार्यक्रममा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् । भर्चुअल माध्यमबाट भएको छलफल कार्यक्रममा सय भन्दा बढि अधिकारकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोग, महिला विभाग र महिला आयोगका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
      
    कार्यक्रममा बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शुसिला श्रेष्ठले पुस्ता समानता र लैगिंक समानता कायम गर्नको लागि बनेका कानुनहरुको कार्यान्वयनमा जोड दिनु पर्ने र त्यसका लागि सचेतना आवस्यक रहेको बताउनु भयो । उनले पहिलो पुस्ताका अग्रज महिला नेताहरुबाट धेरै कुरा सिक्न बाँकी रहेको बताइन्  । 

    बियोण्ड बेजिङ कमिटि नेपालका पुर्व अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले बेइजिंग वियोण्ड कमिटिले देशव्यापी रुपमा अभियान सञ्चालन गरेर सबैलाई एकताबद्ध गरेर जेनेरेसन समानताका लागि काम गर्नु पर्ने अंशको समान अधिकारलाई व्यभारमा कार्यान्वयन गर्न लगाउनु पर्ने बताइन् । राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक लक्ष्मी घिमिरेले समानता र महिला अधिकार स्थापित गर्नको लागि आयोग सधै सहयोगी भूमिकामा रहने बताइन् । 

    कार्यक्रममा तीन समुहमा विभाजित भएर स्थानीय तह, प्रदेश र संघिय तहमा के कस्ता कार्यक्रम र अभियान गर्ने भन्ने छलफल गरि निष्कर्स निकाले थियो । 

     


    images
    images

    Logo