images
images

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु


  • 367
    SHARES
  • २०८१ बैशाख ३ गते सोमबार

    नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु

    काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

    मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो । मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने भएको छ । 

    यो सुरुङमार्ग छिचोल्ने दिन सोमबार सुरुङभित्रै विशेष कार्यक्रम आयोजना गरिएको छ । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर ब्रेकथ्रु भएको घोषणा गरेका हुन् । 

    सुरुङमार्ग निर्माणमा सहभागि जापानी सहयोग नियोग –जाइकाले आयोजना गरेको कार्यक्रममा उनले विद्युतीय स्वीच थिचेर सुरुङको ब्रेकथ्रु गरेका हुन् ।

    सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

    sisnekhola 1.jpg

    करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    आपतकालीन सुरुङ २।५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

    यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । 


    images
    images

    Logo