काठमाडौं । सरकारले दुई लाख ६० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर प्रकृया सुरु गरेको छ । सरकारले आउँदो आर्थिक वर्षमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी टेन्डर प्रक्रिया शुरु गरेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आउँदो सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आउँदो वर्षको बजेटमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेन्डर प्रक्रियामा गएको बताएको छ ।
मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेटअघि नै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरेको जनाएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयले दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जनाएकाे छ ।



