images
images

केपी ओलीको प्रश्न : नेपाली आकाशमा दशौं हेलिकोप्टर उड्दा पनि चुइँक्क बोल्न नसक्ने ?


  • 841
    SHARES
  • २०७८ भाद्र २१ गते सोमबार

    केपी ओलीको प्रश्न : नेपाली आकाशमा दशौं हेलिकोप्टर उड्दा पनि चुइँक्क बोल्न नसक्ने ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली आकाशमा विदेशी सेनाका दशौं हेलिकोप्टर उड्दा पनि सरकार चुइँक्क बोल्न नसकेको आरोप लगाएका छन् ।

    युवा संघको आयोजनामा राजधानीमा भएको कार्यक्रममा ओलीले पाँच दलको गठबन्धनको सरकार हुँदा पनि यसबारे प्रश्न समेत सोध्ने क्षमता नभएको भन्दै उनले आलोचना गरेका हुन् । 

    उनले अहिलेको सरकारले आफ्नो विरोधमा बोल्न पनि नदिएको बताए । उनले अहिलेको सरकारले विकासको बारेमा कुरै गर्न छोडेको आरोप समेत लगाए । आफू हुँदा कति समयमा के के काम गरेँ भनेर समय समयमा भन्ने गरेको भन्दै अहिलेको सरकारले विकासको कुरै गर्न छोडेको आरोप समेत लगाए ।  


    images
    images

    Logo