काठमाडौं । असोज १ गतेदेखि उपत्यकामा भौतिक रुपमै कक्षा सञ्चालन हुने भएका छन् । सोमबर काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिबीचको बैठकले यस्तो निर्णय गरेको हो।
यद्यपि स्थानीय तहहरूले एकल निर्णयबाट मात्रै विद्यालय खोल्न नपाउने भनिएको छ। छलफलमा विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने निर्णय गरिएको छ ।