images
images

तीन महिनामा बाढीपहिरोबाट २९ जना बेपत्ता, वाग्मतीमा मात्रै २५ जना (नामावलीसहित)


  • 298
    SHARES
  • २०७८ भाद्र २१ गते सोमबार

    तीन महिनामा बाढीपहिरोबाट २९ जना बेपत्ता, वाग्मतीमा मात्रै २५ जना (नामावलीसहित)

    काठमाडौं । याे वर्ष विभिन्न समयमा आएको बाढीपहिरोबाट २९ जना वेपत्ता भएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार जेठ ३१ गतेदेखि १८ भदौसम्ममा २९ जना नागरिक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा वाग्मती प्रदेशका २५ जना, गण्डकीका २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–एक जना रहेका छन् । 

    गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन् ।  १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना नागरिक बेपत्ता भएका प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार सिन्धुपाल्चोकमा बाढीबाट बेपत्ता हुनेमा माधव भण्डारी, गणेश ज्योति, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइँली तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सदिप थापा, तस्बिर तामाङ र भीमबहादुरी भण्डारी छन् । सोही बाढीबाट भारतका विजया बासमूर्ति र जिनडाओ बासमूर्ति, रुपन्देहीका रेशमलाल सार्की, झापा होमराज घिमिरे र चीनका सन यु चुवान बेपत्ता भएका हुन् ।

    चितवनमा १७ असारमा गएको पहिरोका कारण राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ, निशा चेपाङ, मोतीलाल चेपाङकी नातिनी बेपत्ता भएका थिए ।  

    असार २३ मा बागलुङको ताराखोला गाउँपालिका–३ मा पहिरो जाँदा स्थानीय राजेन्द्र कार्की र पर्वतको कुश्मा–८ मा आएको बाढीले राजाराम आचार्य बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ । 

    असार ३० मा रुपन्देहीको सैनामैना–१०मा आएको बाढीले सुजन न्यौपाने बेपत्ता भए । त्यस्तै, ११ भदौमा सिन्धुलीको मुर्किबेसी वितिजोर खोलामा आएको बाढीले गोलन्जर–२का पूर्णबहादुर कार्की र १८ भदौमा मकवानपुरको हेटौँडा–१७ शिवम् सिमेन्ट फ्याक्ट्री नजिक आएको बाढीले बगाएर बद्री कार्की बेपत्ता भएका प्रहरीले उल्लेख गरेको छ । 


    images
    images

    Logo