काठमाडौं । नेप्से घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनमा करिब ३२ अंक बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.७१ अंकले बढेर २ हजार २५ दशमलव ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको ८६ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएका ६३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७६ कम्पनीको शेयरमुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनकिो ९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, माण्डु हाइड्रोपावरको शेयर मूल्य ९.६९ अंकले बढेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयर मूल्य ८.२६ प्रतिशतले बढेको छ । गुराँस लघुवित्तको शेयर मूल्य ७.७३ प्रतिशतले बढेको छ ।



