images
images

सात जिल्लाका प्रहरी प्रमुख फेरिए, १६ एसपीको सरुवा


  • 441
    SHARES
  • २०८० चैत्र २४ गते शनिबार

    सात जिल्लाका प्रहरी प्रमुख फेरिए, १६ एसपीको सरुवा

    काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ । कार्यालयले एक सुचना जारी गर्दै १६ एसपीको सरुवा गरेको हो । 

    प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।

    यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

    यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    SP-Saruwa1.jpg

    SP-Saruwa2.jpg


    images
    images

    Logo