काठमाडौं । यो साता पनि गत साता जस्तै सुनचाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको चौथों दिन अर्थात बिहीबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबारको तुलनामा सोमबार पनि मुल्य बढेकोमा मंगलवार सामान्य घटेर बुधबार देखि पुनः बढेर विहिबार हालसम्मकै उच्च अर्थात प्रति तोला १ लाख ३४ हजार रुपैयाँ पुग्यो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने मुल्य सामान्य घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भयो । पहिलो दिनको तुलनामा पछिल्लो दिन अर्थात शुक्रबारको मुल्य प्रति तोला २७ सय रुपैयाँले बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन शोमबार प्रति १० ग्राम १ हजार ३ सय ७ रुपैयाँ ५० पैसा कायम रहेको थियो । यो मुल्य पाँचौं दिन बिहिबार रेकर्ड कायम गर्दै प्रति १० ग्राम १ हजार ४ सय १४ रुपैयाँ ५० पैसा कायम भयो जुन शुक्रबार सामान्य घटेर प्रति १० ग्राम १ हजार ३ सय ८४ रुपैयाँ ५० पैसा कायम भयो ।



