images
images

लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्बमाथि


  • 338
    SHARES
  • २०८० चैत्र २२ गते बिहीबार

    लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्बमाथि

    काठमाडौं । विहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७३ अंकले घटेर २ हजार ४ दशमलव ५ विन्दुमा पुगेको छ । आज ३ सय २ स्क्रिपको ३ अर्ब ३ करोड रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता शेयर किनेबच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

    विहीबार कारोबारमा आएका १ सय ६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    विहीबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मानुषि लघुवित्त रहेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । गुराँस लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo