काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । आइतबारदेखि घटेको नेप्सेले सोही गतिलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अंकले घटेर २ हजार १० दशमलव २१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको २ अर्ब २९ करोड रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १्८९ प्रतिशत बढेको छ। अरु उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने घटेको छ।
मंगलबार सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनकिो शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गराँस लघुवित्त रहेको छ । गणपति लघुवित्त वित्तीयको ९.९५ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।



