images
images

गृहमन्त्रीले रोके एआईजीको सरुवा, भन्छन्, ‘अब काँग्रेस महाधिवेशनपछि’


  • 552
    SHARES
  • २०७८ भाद्र २० गते आइतबार

    गृहमन्त्रीले रोके एआईजीको सरुवा, भन्छन्, ‘अब काँग्रेस महाधिवेशनपछि’

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा रोकेका छन् । प्रहरी स्रोतका अनुसार एआईजीहरुको सरुवाका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरेको आग्रहलाई गृहमन्त्री खाँडले खारेज गरिदिएका हुन् । 

    तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर बढुवा गरिएका सहकुल थापा २ महिनादेखि कामबिहीन छन् । महानिरीक्षक थापाले एआईजीहरुको सरुवा गरेर उनलाई काम दिन चाहे पनि गृहमन्त्रीका कारण यो प्रक्रिया रोकिएको हो । 

    खाँडले काँग्रेस महाधिवेश अगाडि कुनै पनि उच्च अधिकारीको सरुवा गर्न नसकिने जनाएको प्रहरी उच्च स्रोतले जनाएको छ । 

    खासगरी अघिल्लो सरकारले दरबन्दी थप गरेर बढुवा गरेका एआईजी थापालाई शक्तिशाली ठाउँमा पठाउन तथा हरिबहादुर पाललाई हटाउन नचाहेका कारण गृहमन्त्रीले प्रहरीको सरुवा रोकेको बुझिएको छ ।

    गृहमन्त्रीले सरुवा रोकेपछि यतिबेला महानिरीक्षक थापा निराश बनेका छन् । प्रहरीमा मन्त्रालयले अनावश्यक हस्तक्षेप गरेको र चाहेअनुसार काम गर्न नपाएको भन्दै गुनासो गर्ने गरेको उनी निकट स्रोतले जनाएको छन् । 


    images
    images

    Logo