काठमाडौं । शेयर बजारमा आज पनि भारी अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार खुलेको बजार सुरुमै करिब १०० अंक भन्दा धेरैले घटेको छ ।
कारोबार सुरु भएदेखि नै निरन्तर रुपमा घटेको शेयर बजार पहिलो आधा घण्टामा थामिने प्रयास गरे पनि पुनः घट्न सुरु भएको हो । फलस्वरुप कारोबारको सवा घण्टामा बजार १ सय ५ अंकले घटेर २ हजार ८ सय २१ कोे विन्दुमा झरेको छ ।