images
images

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलन थापा


  • 750
    SHARES
  • २०७८ भाद्र १९ गते शनिबार

    पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलन थापा

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई कोषको सदस्य सचिवमा नियुक्त गरेका हुन् । 

    यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका उनले  शुक्रबार नै कार्यालयमा गई पदबहाली गरेका छन् । कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका उनले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
     
    पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उनले प्रतिबद्धता गरे । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।


    images
    images

    Logo