images
images

पर्वतमा पहिरो जाँदा ११ जनाको मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान


  • 492
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    पर्वतमा पहिरो जाँदा ११ जनाको मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान

    काठमाडौँ । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । 

    पहिरोले घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका २ जना र पकुवामा २ जना प्रोढसहित ३ वर्षीय बालकको ज्यान गएको बुढाथोकिले बताए । 

    त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् ।

    वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ । यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको बुढाथोकीले जानकारी दिए । उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ । 

    पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन् । 


    images
    images

    Logo