images
images

आइतबारदेखि मनकामना केबुलकार पुनः सञ्चालनमा आउने


  • 371
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    आइतबारदेखि मनकामना केबुलकार पुनः सञ्चालनमा आउने

    काठमाडौं ।  आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको हो  ।

    स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

    संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । 

    त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरा समेत जानकारी दिएको छ  । 

     


    images
    images

    Logo