images
images

यस्ता छन् विहीबार बसेको मन्त्रिपरिषद्को १६ निर्णयहरु


  • 454
    SHARES
  • २०८० चैत्र ९ गते शुक्रबार

    यस्ता छन् विहीबार बसेको मन्त्रिपरिषद्को १६ निर्णयहरु

    काठमाडौं । नेपाल सरकारको चैत ८ गते विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ वटा निणर्यहरु गरेको छ ।बिहीबार बसेको बैठकले १६ वटा निर्णय गरेको हो।

    राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको हो।

    अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो। 

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको छ। राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय पनि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ।


    images
    images

    Logo