काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ हजार ५ सय ६२ रुपैयाँ ६१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ हजार २ सय ४७ रुपैयाँमा भएको थियो ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६२ रुपैयाँ ५२ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ७६ रुपैयाँ ३० पैसा मा भएको थियो ।