काठमाडौं । मैलुङ खोला जलुविद्युतको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी निर्णय कारोबारकोसमयमा पठाएको भन्दै जलुविद्युतमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले चैत ७ बुधबार लाभांशबारे निर्णय गरेर नेप्सेमा आज चैत ८ गतेको कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो ।
नेप्सेको आजको निर्णयबाट मैलुङ खोला जलुविद्युतको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
नेप्सेले लाभांशसम्बन्धी निर्णय ढिला गरी पठाउनुको कारणबाट स्पष्ट पार्न संस्थालाई निर्देशन दिएको छ। लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ ।
फरवार्ड माइक्रोफाइनान्सको सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८०को वितरणयोग्य मुनाफाबाट २.२२११ प्रतिशत बोनस शेयर र ०.११६९ प्रतिशत नगद लाभांश विवरण गर्न निर्णय गरेका छ ।



