images
images

आयात र निर्यात दुवै घट्यो, व्यापारघाटा ९ खर्ब २९ अर्ब


  • 367
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    आयात र निर्यात दुवै घट्यो, व्यापारघाटा ९ खर्ब २९ अर्ब

    काठमाडौं । चालु आर्थिक बर्षको २०८०/८१ को फागुनसम्ममा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार फागुनमा १० खर्ब ३० अर्ब रुपैयाँ आयात भएको छ भने १ खर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । 

    भन्सार भिागले सार्वजनिक गरेको विवरण अनुसार आयात २.६६ प्रतिशत र निर्यात ३.९९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँ भएको थियो भने १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । 

    आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा २.५२  प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को फागुनमा ९ खर्ब २९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । 

    यस अवधिमा आयात निर्यात अनुपात १.३८ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo