काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेमा सर्वोत्तम सिमेन्टको १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४ करोड ५ लाख कित्ता र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीसमेत)को गरी ६० लाख कित्ता रहेका छन्।
बुक बिल्डिङ विधिबाट सर्वोत्तम कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँ र त्यसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ शेयर बिक्री गरेको थियो।
कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय ८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५ सय ५६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ । सो कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।



