images
images

सामान्य अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 285
    SHARES
  • २०८० चैत्र ५ गते सोमबार

    सामान्य अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने सामान्य बढेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २ हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ । सोमबार कारोबारमा आएका ३ सय ३ स्क्रिपको २ अर्ब ८२ करोड रुपैयाँले बढेर ७३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज १ सय ४२ कम्पनीको शेयर मुल्य बढेको छ । ९२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार ३ अर्ब  ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभनदा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त पिपुल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

     


    images
    images

    Logo