images
images

तस्करी गरि ल्याइएको २०३ बोरा केराउ बरामद


  • 315
    SHARES
  • २०७८ भाद्र १७ गते बिहीबार

    तस्करी गरि ल्याइएको २०३ बोरा केराउ बरामद

    महोत्तरी । नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २ सय ३ बोरा केराउ बरामद गरको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा केराउ बरामद गरिएको हो ।

    एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको ५ टन ७५ किलोग्राम केराउ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो । बरामद केराउ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा केराउ र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ । 


    images
    images

    Logo